×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंक र कुमारी बैंकबीच सम्झौता, कुमारीको सबै शाखाबाट रेमिट्यान्स सेवा लिन सकिने

PRIME CA

गरिमा विकास बैंक र कुमारी बैंकबीच सम्झौता, कुमारीको सबै शाखाबाट रेमिट्यान्स सेवा लिन सकिने

अर्थ सरोकार

४ श्रावण २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – गरिमा विकास बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडबीच गरिमा रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । साउन ३ गते बिहीबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र कुमारी बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौतापश्चात कुमारी बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ८६ वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिन्छ । 
सोही कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडले कुमारी रेमिट मार्फत रकम भुक्तानी गर्ने सम्बन्धमा समेत गरिमा विकास बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतापश्चात गरिमा विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५७शाखा कार्यालयबाट कुमारी रेमिटमार्फत रकम भुक्तानी गर्न र खातामा जम्मा गर्न सकिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: