
- रोहन शर्मा
मंगलबार बजार खुलेको केहि समयमा फेसबुक खोलेर हेर्दा एक मित्रको पोष्ट यस्तो थियो, ‘श्रावण १ गतेदेखि अनलाईन ट्रेडिङ आएपछी नेप्सेले छलाङ मार्छ भन्थे, हो रैछ नेप्से त बजार खुल्ने बित्तिकै ६००० कटेछ!” वेबसाईट खोलेर हेर्दा त नेप्से सुचकको ठाउँमा ६२३७ देखिन्थ्यो, अलि ध्यान दिंदा NEPSE को ठाउँ मा LIFE देखियो । भएको चाहिं जिवन बिमा र निर्जिवन बिमालाई अलग्याउने क्रममा पुरै गोलामाल भएको रहेछ ।
बिल्कुलै अबैज्ञानिक तवरले नेप्सेले आज पनि जिवन बिमा र निर्जिवन बिमाको उपसुचकलाई छुट्टाएको छ । यसअघि पनि बिकास बैंक र माईक्रोफाईनान्सको सुचकलाई अहिलेझैं छुट्टाएको थियो । एउटा उदाहरण दिन चाहन्छु , दाजु भाईको सँयुक्त नाममा बैंकमा दश लाख राखिएकोमा अब दाजु भाई छुट्टिने र पैसा भाग लगाएर आ-आफ्नो छुट्टै खाता खोलेर पैसा राख्ने निर्णय गरेछन्, अब भन्नुस् दाजु भाईले ५/५ लाख पाउँछन् कि दुबैले जनहि १०/१० लाख पाउँछन्?
अहिले फेरी यस्तै भएको छ । हिजोसम्म कायम रहेको बिमा समुहको सुचक ६,१९९.४५लाई आज जीवन बीमा र निर्जिवन बीमाको दुवैको सूचकलाई ६,१९९.४५ कायम गरी अलग अलग समूह गराईएको छ ।
नेप्सेको सुचक गणना बिल्कुलै बैज्ञानिक छैन । नेप्सेमा सुचिकृत कम्पनीहरुलाई उनिहरुको हिस्सा अनुसार WEIGHTED AVERAGE को आधारमा सुचक गणना गरिनु पर्ने हो। तर यती संवेदनाशिल बिषयलाई किन यस्तो हल्का रुपमा लिईयो ?
हुनत केहि समय अगाडी भएको क्यापिटल एक्स्पोमा नेप्सेको स्टल स्थित पुँजी बजारको बिषयमा सोध गरिरहेका एक लगानीकर्ताले नेप्से परिसुचक र समुहगत उपसुचकको गणना बिधीको बारेमा स्टलमा रहेका प्रतीनिधीलाई प्रश्न गर्दा उनि अनकनाएर अर्को ब्याक्तीलाई देखाउँदै तर्किएका थिए। बास्तबमा भन्नुपर्दा यो कसरी जस्टिफाईड छ स्वयं नेप्सेलाई नै थाहा छैन। यस बिषयमा ब्याक्ती अनुसारको आ-आफ्नै तर्क रहेको पाईन्छ।
लगानिकर्ता सँगठन, नेप्से र पुँजिबजारको बिषयमा समाचार बनाउन तँछाड मछाड गर्ने मिडियाहरुलाई एउटा अनुरोध , कृपया यहाँहरुमद्धे कसैले नेप्से सुचक र उपसुचकहरुको बारेमा नेप्से, सेबोनमा गएर गणनाबिधीको आधार के हो? यो बिधी कसरी जस्टिफाईड छ? भन्ने प्रमाण खोजेर आम लगानिकर्तामाझ ल्याईदिनु भयो भने यहाँहरुप्रती हामी धेरै आभारी हुने थियौं।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्