×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रीन डेभलपमेन्ट बैंकको आठौं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

PRIME CA

ग्रीन डेभलपमेन्ट बैंकको आठौं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

२९ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । ग्रीन डेभलपमेन्ट बैंकको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पोखराको होटल वाराहीमा सम्पन्न वार्षिक साधारण सभाले प्रस्तावित ३.८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभाशं पारित गरेको छ । सभाले आ.व. २०७६/७७ को वित्तीय विवरण पारित गर्नुका साथै सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने दुई जना संचालकहरु समेत निर्वाचित गरेको छ । 
सभाबाट प्रकाश कुमार श्रेष्ठ र विश्व मोहन अधिकारी संचालक पदमा निर्विरोध निर्वाचित भएका छन् । साधारण सभामा वोल्दै नवनिर्वाचित संचालक विश्वमोहन अधिकारीले आफ्नो करिव २५ वर्षको वैंकिङ अनुभवले यस वैंकलाई थप उचाईमा पु¥याउन सहयोग पुग्ने विश्वास लिएको बताए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: