×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार समाचार प्रभाव : सिएको बेइज्जत हुनेगरी निकालिएको सुचना युनाइटेड फाइनान्सले यसरी सच्यायो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अर्थ सरोकार समाचार प्रभाव : सिएको बेइज्जत हुनेगरी निकालिएको सुचना युनाइटेड फाइनान्सले यसरी सच्यायो !

२२ असार २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- चार्टड एकाउन्टेन्टलाई मेनेजमेन्ट ट्रेनीमा मागेर सिएहरुको बेइज्जत गरेको भन्दै अर्थ सरोकार डटकमले समाचार प्रकाशित गरेपछि अन्तत: युनाइटेड फाइनान्सले आफ्नो गलत सुचना सच्याएको छ । गत असार १३ गते द हिमालयन टाइम्स पत्रिकामा सूचना जारी गर्दै फाइनान्सले सिएका लागि मेनेजमेन्ट ट्रेनीमा जागिरका लागि आवेदन मागेको थियो । यस विषयमा अर्थ सरोकारले समाचार प्रकाशित गरेपछि फाइनान्स यस विषयमा आफ्नो गल्ती सच्याउन बाध्य भएको हो ।    
‘तपाईंहरुको समाचार हेरेपछि मैले युनाइटेड फाइनान्समा यस बारेमा बुझें । उहाँहरुले गल्ती भएको स्वीकार्नुभयो र आज  (असार 22 गतेको)को  द हिमालयन टाइम्समा भूलसुधार प्रकाशित गरिएको छ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै सिएहरुको नियामक संस्था नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष प्रकाश जंग थापाले भने ।
युनाइटेड फाइनान्सले सिए माग्दै मेनेजमेन्ट ट्रेनीका लागि सूचना जारी गरेपछि अर्थ सरोकार डटकमले ‘सिएको क्रेज यतिसम्म झरेको हो र ? युनाइटेड फाइनान्सले मेनेजमेन्ट ट्रेनीमै माग्यो चार्टड एकाउन्टेन्ट !शीर्षकको समाचार प्रकाशित गरेको थियो । 
यसो त यस अघि पनि फाइनान्सले सिएकै बेइज्जत हुने गरी अर्को सुचनासमेत प्रकाशित गरेको थियो । जसमा चार्टड एकाउन्टेन्ट लेखेको नै गल्ती थियो ।
यो समाचार पनि हेर्नुहोस् :


यस अघि ग्लोबल आइएमइ बैंकले समेत सिएका लागि मेनेजमेन्ट ट्रेनीमा आवेदन मागेपछि अर्थ सरोकार डटकमले समाचार प्रकाशित गरेको थियो । अर्थ सरोकारको समाचार लगत्तै ग्लोबल आइएमइ बैंकले नियामक आइक्यानसँग माफी माग्दै आफ्नो गल्ती सच्याएको थियो । त्यतिबेला बैंकले आउटसोर्स कम्पनी आस्कमी मेनेजमेन्टको लापरवाहीका कारण यस्तो भएको बताएको थियो । 

  
 हेर्नुहोस् यो सूचना :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी