×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वोमी माइक्रोफाइनान्सको ३०% हकप्रद भर्ने आज अन्तिम दिन, यी ठाउँबाट भर्न पाइने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

वोमी माइक्रोफाइनान्सको ३०% हकप्रद भर्ने आज अन्तिम दिन, यी ठाउँबाट भर्न पाइने

Artha Sarokar

१९ असार २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – वोमी माइक्रोफाइनान्सको ३०% हकप्रद भर्ने मंगलबार अन्तिम दिन रहेको छ । जेठ १६ गतेदेखि कम्पनीले १०ः३ अनुपातमा २ लाख ३३ हजार २८० कित्ता सेयर बिक्री खुला गरेको हो । जेठ ३ गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रद भर्न पाउनेछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौं र वोमी माइक्रोफाइनान्सको भरतपुर चितवन तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ । हाल वोमीको चुक्ता पुँजी ७ करोड ७७ लाख ६० हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी