
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- देश संघीयतामा गएपछि करसम्बन्धि विभिन्न कानुनहरुका बारेमा धेरैलाई ‘कन्फ्युजन’ छ । बजेट पछि कर कानुनमा आएका परिवर्तनका बारेमा पनि धेरै जना जानकार छैनन् । जानकार हुने कतिपयले पनि कतिपय कुरा गलत बुझेका छन् । तपाईंलाई पनि कर सम्बन्धि यस्तै समस्या छ ? के तपाईं सिए / आरए / कर क्षेत्रमा काम गरिरहनुभएका व्यक्ति वा लेखामा काम गर्ने व्यक्ति हुनुहुन्छ ? यदी हुनुहुन्छ भने तपाईंका लागि निकै नै काम लाग्ने कार्यशाला यहि असार २१ गते काठमाडौँमा हुने भएको छ ।
कार्यक्रममा अहिलेको बजेटमा करमा भएका परिवर्तनहरु, करमा देखिएका समस्त्याहरु र तीनका समाधानहरु
संघीय कर कानुनका समस्या चुनौती र यसका समाधानका उपायहरु लगायतका विषयमा अन्तरक्रिया हुनेछ भने आन्तरिक राजश्व विभागका बरिष्ट अधिकारीसँग पनि कर कानुनसम्बन्धि विशेष अन्तरक्रिया हुनेछ ।
बिगत केहि समय यता कर सम्बन्धि निकै राम्रा कार्यक्रमहरु गरिरहेको नेपाल ट्याक्स अनलाइनले यो कार्यक्रमसमेत आयोजना गरेको हो । कार्यक्रममा सिए भवनाथ दाहाल र शेषमणि दाहालले करका विभिन्न समस्याको समाधान दिनेछन् । नेपालका धेरै स्थानीय सरकारका कानुनी तथा आर्थिक सल्लाहकारको रुपमा कार्यरत सिए शेष मणि दाहालले दर्जन भन्दा बढी स्थानीय सरकारलाइ आबश्यक पर्ने नीति निर्माण, कानुन निर्माण लगायतका कार्यमा टोली प्रमुखको रुपमा कार्य सम्पन्न गरिसकेका छन् । पहिल्लो समय संघीय कर कानुनको बिज्ञको रुपमा समेत ख्याती कमाएका उनले उक्त कार्यक्रममा आफ्नो प्रस्तुती दिनेछन् भने करसम्बन्धि विभिन्न समस्याको समाधान गर्नेछन् ।
कार्यक्रममा सहभागी हुनको लागि यो लिंकमा गइ फर्म भर्नुपर्नेछ कार्यक्रम बारे थप जानकारी लिन यहाँ क्लिक गर्न सकिनेछ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्