×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मृतक कर्मचारीको परिवारलाई महालक्ष्मी विकास बैंकको सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मृतक कर्मचारीको परिवारलाई महालक्ष्मी विकास बैंकको सहयोग

८ असार २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

महालक्ष्मी विकास बैंक लिमिटेडले मृतक कर्मचारीको परिवारलाई सहयोग गरेको छ । बैंकको दाङस्थित तुलसीपूर शाखामा कार्यरत किसोर कुमार बडु को २०७४ साल चैत्र ११ गते मोटरसाइकल दुर्घटना परी असामयिक निधन भएको थियो । उक्त घटनाप्रति दुःख व्यक्त गर्दै महालक्ष्मी विकास बैंक परिवारले शोक सन्तप्त परिवारलाई सात लाख रुपैयाँ सहयोग गरेको हो ।
जेठ ३० गते बैंकको बैतडी शाखामा आयोजित एक कार्यक्रममा बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । सोही अवसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले पनि व्यक्तिगत तर्फबाट २५ हजार रुपैयाँ सहयोग गरेका थिए । उक्त रकमको चेकहरु स्व. बडुका पिता जनक बहादुर बडुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्तान्तरण गरेका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी