×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक र ओम अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा आकर्षक छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंक र ओम अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा आकर्षक छुट

६ असार २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले काठमाडौँ, चाबहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.सँग सम्झौता गरेको छ । सम्झौतापत्रमा कुमारी बैंक लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. को तर्फबाट अस्पतालका प्रबन्ध निर्देशक बाबु काजी कार्कीले हस्ताक्षर गरे । उक्त सम्झौता पश्चात् कुमारी बैंकका ग्राहकहरुले ओम हस्पिटलमा उपचार गराउँदा उपचार सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । 
यसअघि कुमारी बैंकले भारतको नयाँ दिल्लीस्थित मेद्धान्त अस्पताल लगायत देश भित्रका अन्य अस्पतालहरु नर्भिक, ग्रान्डी, वयोद्या, चिरायु, अल्का, आदिमा उपचार गराउँदा विशेष छुटको सुविधा दिने सम्झौता गरिसकेको छ । 
कुमारी बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ८६ वटा शाखाहरु, ६१ वटा एटिएमहरु तथा २ वटा एक्सटेन्सन काउण्टरहरुद्धारा सेवा दिइरहेको छ । त्यस्तै, बैंकले अत्याधुिनक प्रविधियुुक्त इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा तथा भाईबर बैंकिङ सेवा पनि प्रदान गर्दै आईरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी