
कृषि विकास बैंकको चितवनस्थित माडी शाखाले सामुदायिक सिकाई केन्द्रको समन्वयमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कृषि विकास बैंक क्षेत्रीय कार्यालय वीरगञ्जका निर्देशक बाबुकाजी थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा माडी न.पा.वार्ड ८ का वडा अध्यक्ष कृष्णराज अधिकारी, सामुदायिक सिकाई केन्द्रका अध्यक्ष सुर्य अधिकारी, समाजसेवी, विभिन्न सहकारीका अध्यक्ष÷प्रबन्धक तथा सर्वसाधारण गरी करीब ५० जना सहभागी थिए ।
कार्यक्रममा बैंकको क्षेत्रीय कार्यालय वीरगञ्जका शाखा प्रमुख रामचन्द्र अधिकारीले वित्तीय साक्षरताको अर्थ र आवश्यकता, नेपालको आर्थिक तथा वित्तीय प्रणाली, वचत गर्दा हुने फाईदा आदिका बारेमा प्रशिक्षण दिए ।
बैंकको माडी शाखाका प्रबन्धक कुमार उप्रतीले उद्यमशीलताको पूर्वाधारको रुपमा रहेको कृषि विकास बैंकको विभिन्न प्रकारका कर्जा तथा सापट सुविधा, बैंकले ल्याएको खाताका प्रकार, अत्याधुनिक बैंकिङ सुविधा तथा बैंकको विद्युतीय बैंकिङ सेवा सम्बन्धमा प्रकाश पारे ।
बैंकको क्षेत्रीय कार्यालय, वीरगञ्जका निर्देशक थापाले सहभागीहरुबाट उठेका जिज्ञासाहरुको जवाफ दिँदै सफा नोटको महत्व, समृद्ध देश निर्माणको आधारको रुपमा रहेको विप्रेषण, जोखिम न्यूनीकरणको माध्यमको रुपमा रहेको कृषि र पशु बीमा तथा घरायसी बजेट निर्माणको महत्वको बारेमा सचेतना गराउँदै कार्यक्रमको समापन गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्