
गण्डकी विकास बैंक लिमिटेडले रुपन्देहीको मानपाकडी, पोखराको मालेपाटन प्रस्याङ्ग तथा लामाचौरमा गरी थप तीन शाखा कार्यालयहरुको विस्तार गरेको छ । उक्त शाखा कार्यालयहरुबाट औपचारिक रुपमा वित्तीय कारोवार शुभारम्भ गरिएको बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । योसंगै बैंकको शाखा सञ्जाल मुलुकभरीका विभिन्न ६२ स्थानमा पुगेको छ । बैंकका उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप परिचालन, विभिन्न प्रकारका कर्जा प्रवाह गर्नुका साथै ग्राहकका लागि आधुुनिक बैंकिङ्ग सेवा प्रदान गरिने जनाईएको छ ।
यी शाखा कार्यालयहरुको विस्तार पश्चात वैकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ६२ वटा शाखा कार्यालय मार्फत पूर्णकालिन बैंकिङ्ग सेवा प्रदान गर्नेछ । बैंकले ग्राहकको लागि आकर्षक व्याजदरका विभिन्न निक्षेप योजना परिचालन गुर्नुका साथै सहज र सरल रुपमा कर्जा प्रवाह समेत गरी राखेकोछ । यस अतिरिक्त बैंकले एबिबिएस सेवा, एटिएम, एसएमएस, सीआस्वा, आईपिएस, मोबाइल बैंकिङ सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रीय कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा समेत प्रदान गर्दै आइरहेको छ । साथमा बैंकले न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्ध व्यक्तिहरुका लागि लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।
बैंकका विभिन्न ठाउँमा १५ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेका छन् । बैकले यि शाखाहरु यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने लक्ष्य लिएको छ । यस पश्चात बैकका कुल ७७ वटा शाखा र देशका सातै प्रदेशवाट बैंकिङ सेवा प्रदान हुने प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापाले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्