
- सुदिप पौडेल
वार्षिक अधिक मूल्य र न्यूनतम मूल्य हेरेको भरमा बजार बढ्दा सोही अधिक मूल्यमा पुग्छ भन्ने भ्रममा परी कतिपय नयाँ तथा साना लगानीकर्ताले लगानी गरेको सुनिन्छ । कतिपय तपाईंहरुले पनि यस्तै गर्नुभएको होला । त्यो अधिक मूल्य पुग्न बजार अझै धेरै माथि पुग्नुपर्ने हुन्छ । यसतर्फ नयाँ र साना लगनीकर्ता सचेत हुनुपर्ने देखिन्छ । करिब २-३ बर्षको अवधिमा बजारमा आइपिओ, बोनस, हकप्रद सेयरको बाढि नै आएको छ । अव यो बाढिले कतिलाई डुबाउने हो समयले देखाउनेछ नै । कतिको रुखो खेतमा मलको काम गर्ने हो त्यो पनि समयले नै देखाउनेछ । हेर्न अझै बाँकी छ यसको नतिजा । अहिलेको अवस्थामा यो बाढिलाई सुकाउन सक्ने ठुला तथा संस्थाग त लगानीकर्ता भित्रीनु जरुरी छ ।
पहिले चुनाव हुने भयो भने बजार बढ्छ भन्ने हल्ला पिटाइयो । तर बजारमा त्यस्तो भएन । चुनावपछी बजार बढ्छ भन्ने हल्ला पनि आएकै हुन्न । तर त्यसको पनि केहि सीप लागेन । पछि सरकार बनेपछी बजार बढ्छ भन्ने पनि सुनेकै हो । तर त्यसले पनि काम गरेन । बजेट पछी बजार बढ्छ भन्ने हल्ला पनि नआएका होईन । तर त्यसको पनि भएन । अब केहि नपाएर मौद्रीक निती तथा अनलाईन करोबारको हल्ला गरिदैछ । जे र जस्तोसुकै हल्ला फैलाएपनि चमत्कार आउनको लागि अहिलेको अत्यधिक आपुर्तिलाई थेग्न सक्ने ठुला र संस्थागत लगानीकर्ता आउन जरुरी छ । तरलता संकट सहज हुनुपर्छ र बजारमा त्रासको वातावरण सदैको लागि अन्त्य हुनु पर्दछ । नत्र बजार न बढ्नुपर्ने कारण छ, न छाँटकाँट छ ।
एकातर्फ अत्याधिक आपुर्तिको चाप , आर्कोतर्फ बैकहरु बिच ब्याजदर बढाउने होडबाजी चलिरहेको अवस्थामा, ठुलो परिमाणमा आइपिओ र एफपिओ आउन लागेकोले अवको केहि समय नयाँ तथा सना लगनीकर्ता हरुको लागी दोश्रो बजार भन्दा पनि प्राथमिक सेयर नै फलदाही हुने देखिन्छ । यसर्थ आफ्नोबाट मात्र नभइ घर परिवारका सबै सदस्यको नामबाट सेयर हाल्ने गर्यो भने दोश्रो बजारको जोखिम कम गर्न सकिन्छ । बजार मुल्य थोरै भएको छ भनेर महँगो ब्याज दरमा रिण लिएर बजारमा आउनु न्दा पनि आफुसँग भएको तत्काल नचहिने रकम छ भने त्यस्तो पैसा लगानी गर्नुभयो भने दिर्घकालमा राम्रो प्रतिफल प्राप्त हुन सक्छ ।
दोश्रो बजारमै लगानी गर्ने हो र लामो समयको लागी लगानी गर्ने हो भने रु १५० देखि २०० को बीचमा मूल्य भएका वार्षिक १५ प्रतिसत वा सोभन्दा बढी प्रतिफल दिन सक्ने, संस्थागत सुसासन राम्रो भएका कम्पनीहरु किन्दा भविष्यमा आइपर्ने जोखिमलाई कम गराउन सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्