
लमजुङको सुनदरबजार नगरपालिकामा सनराइज बैंकले स्वस्थ्य सेवा सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । सनराइज बैंकको सुन्दरबजार शाखा कार्यलयले सम्पुर्ण ग्राहकको स्वस्थ्य तथा दुर्घटना बीमा र इलोक्ट्रोनिक बैकिङ सेवा सम्बन्धि जानकारी तथा छलफल कायक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम उपमेयर ज्ञानु शाह र नेपाल उद्योग वाणिज्य महासंघ लमजुङका बरिष्ठ उपाध्यक्ष राम बाबु श्रेष्ठको आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रका प्रमुख अतिथिहरुले बैंकले खेलेको भुमिकाप्रति आभार प्रकट गर्दै आगामी दिममा समेत सफलताको शुभकामना व्यक्त गरे ।
बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च एक लाख रुपैयाँ नबढ्ने गरी आफ्नो बचत खातामा रहेको वाषिक औषत मौज्दातको २५ प्रतिशत वा ति रकम मध्ये जुन न्यून हुन्छ सो रकम दाबी गर्न पाउने जानकारी कार्यक्रममा दिईयो । बैंकले सो अवसरमा विभिन्न बैंकिङ प्रबिधिको बारेमा समेत जानकारी गराएको थियो । सनराइज बैंकको स्वस्थ्य सेवा सम्बन्धी कार्यक्रमले सम्पुर्ण सेवाग्राहीलाई फाइदा पुग्ने विश्वास लिइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्