×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंक र नर्भिक अस्पतालबीच सम्झौता, बैंकका ग्राहकहरुलाई स्वास्थ्य सेवामा १० % छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मुक्तिनाथ विकास बैंक र नर्भिक अस्पतालबीच सम्झौता, बैंकका ग्राहकहरुलाई स्वास्थ्य सेवामा १० % छुट

Artha Sarokar

३ असार २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मुक्तिनाथ विकास बैंक लि. र नर्भिक अस्पताल, थापाथलीबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र अस्पतालको तर्फबाट महाप्रवन्धक प्रदिपकुमार झाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिजा डेबिट कार्डबाहक ग्राहकहरूले नर्भिक अस्पतालमा उपचार गराउँदा तोकिएको शुल्कमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ । 
मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, १३ वटा ए.टि.एम. र तीन लाख ७५ हजार ग्राहकवर्गलार्इ आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, भिसा ए.टि.एम.कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी