
काठमाडौं – देशका वभिन्न स्थानहरूमा सञ्जाल विस्तारकै क्रममा राष्ट्रिय वाणिज्य बैकले काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध न.पा. वार्ड न. ७ मा शाखा विस्तार गरेका छन् । उक्त शाखाको एक समारोहकाबीच अर्थ मन्त्रालयका सचिव डा. राजन खनालले नयाँ शाखाको उद्घाटन गरेका हुन् ।
सो समारोहमा प्रमुख अतिथि डा खनालले बैंकले आफ्ना सेवाहरु जनताको घरदैलोसम्म पुर्याउन सकेमात्र प्रतिस्पर्धामा उत्रन सक्ने बताए । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किरणकुमार श्रेष्ठले रावा वैकले नयां संभाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि जनतालाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गरिने पनि बताए ।
सो समारोहमा नायब महाप्रवन्धक श्री उद्धबप्रसाद खनालले स्वागत मन्तब्य राखेका हुन् भने बैंकको काठमाडौं क्षेत्रीय कार्यालयका प्रमुख राजेन्द्र दाहालको सभापतित्वमा सम्पन्न उक्त समारोहमा बैंक संचालक समितिका सदस्य अर्जुनबहादुर कार्की, नमोबुद्ध नगरपालिकाका अध्यक्ष टीपी शर्मा, स्थानीय समाजसेवी बासुनारायण श्रेष्ठ, श्री कृष्ण खनाल, श्री भैरब खनाल एवं अन्य उद्यमी व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
बैंकको हाल ६९ जिल्लामा १९२ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ । सो अवसरमा शाखाको समुदघाटन गर्नुपूर्व बैंकले भकुण्डेबेंसी बजार क्षेत्रमा वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्