
ज्योति विकास बैंक लि. ले आफ्नो ग्राहक वर्गहरुमा सेवा विस्तार गर्ने क्रममा काठमाडौं उपत्यकाभित्रका शाखा कार्यालय पेप्सिकोला, नेपालटार र उपत्यका बाहिरको शाखा कार्यालय विराटनगरबाट एटिएम सेवा संचालनमा ल्याएको छ । यससँगै बैंकको एटिएम संख्या १७ पुगेको छ ।
हालै मात्र बैंकले एससीटी कार्डलाई प्रतिस्थापन गरि भिसा डेबिट कार्ड ल्याएको छ । आफ्ना ग्राहकहरुलाई आत्याधुनिक सेवा प्रदान गर्न सदैव कटिबद्ध रहेको बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको विश्वसनीय छवि बजारमा स्थापित गर्न सफल भएकोे छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवा, एबिबिएस सेवाका साथै आफ्नै रेमिट सेवा ज्योति रेमिट समेत संचालनमा ल्याएको छ ।
हाल बैंकले ५४ वटा शाखा कार्यालयबाट सेवा उपलव्ध गराउँदै आएको छ । यस आर्थिक वर्ष भित्रनै बैंकले थप ५ वटा नयाँ शाखा तथा थप ५ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले एक लाख ५० हजारभन्दा बढि खाताबाट रु. १५ अर्व २० करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १४ अर्व ३० करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्