
- रोहन शर्मा
१. बोनस र हकप्रद सेयर दुबैको आधार मुल्य १०० भनियो । ल हकप्रदको रु १०० थप लगानी गरिएको हो तर बोनसको लागी छुट्टै रकम बुझाईएको हुँदैन । यस अर्थमा दुबैलाई कुन थ्योरी लगाएर १०० नै आधार मुल्य राखियो ?
१.लगानिकर्ताले बोनस प्राप्त गर्दा नै बोनस बापातको कर बुझाईसकेका हुन्छन्, प्राय यस्तो कर कम्पनीले नै बुझाईसकेको हुन्छ भने कहिले काहिं बोनस बापातको कर लगानिकर्ताले बुझाईसकेपछी सेयर खातामा आउँछ। अनि पटक पटक एउटै बिषयमा मन लागी करको भार थप्न कुन नियमले दियो ?
३.प्रीमियम मुल्यमा सेयर जारी गर्ने कम्पनीले प्रदान गर्ने बोनस र हकप्रद को आधार मुल्य पनि १०० नै हो कि अरुनै कुनै फर्मुला छ ?
४. दिर्धकालिन लगानिकर्ता भनेका सेयर बजारका मेरुदण्ड हुन्, अन्तराष्ट्रीय बजारमा लामो समय होल्ड गर्नेलाई पुर्णतय लाभ कर छुट दिईन्छ। हामिकहाँ भने सँसारमै नभएको नियम लगाएर दिर्धकालिन लगानिकर्तालाई किन उपेक्षा गरियो?
५ .अबका दिनमा बोनस/राईट खानु भन्दा बुक क्लोज अघीनै बिक्री गर्न प्रोत्साहन गरेको देखियो। अत्याधिक आपुर्ती र माग पक्ष कमजोर भएको अहिलेको अवस्थामा माग सृजना गराउने उपाय खोज्नु त कता हो कता बजारमा सेयरको खोला बगाउने काम भयो । यो त उल्टो बाटो हिंडेको जस्तो भएन र ?
६. मन्त्रालयबाट बोनस र हकप्रद दुबैको आधार मुल्य १०० भनेर सर्कुलर पठाईयो त धितोपत्र बोर्ड भने बुक क्लोज पश्चात प्राईस एड्जस्ट गर्नै मै ब्यस्त छ । यसको अर्थ के? कतै बोर्डमा मन्त्रालयको सर्कुलर नपुगेको त हैन ?
७. सरकारको यो कदम को समर्थन गर्दै बोर्डका प्रवक्ताले भन्नु भयो “यो कदम सही छ, अब यसले कर छलीको अन्त्य हुनेछ।” यो कुराबाट त अहिलेसम्म कर छलीलाई यहाँहरुलेनै प्रशय दिएको जस्तो देखिएन र?
अनी अर्को कुरा एउटा उखान छ नि, छोरी पोईल जाली भन्ने डरले ५ बर्षमै ज्वाँई खोजेर जिम्मा लगाइदिने?
८. सत्तामा आउनु पुर्व ठाउँ ठाउँ सेयर बजारलाई आफ्नो टुक्कामा जोडेर क्रेडिट खाँदै लगानीकर्तालाई उक्साउने/आशा देखाउने सम्माननीय प्रधानमन्त्रीज्युको अहिलेको अवस्थालाई लिएर के प्रतिकृया रहेको छ?
समग्रमा भन्नुपर्दा अहिले जुन कर भनेर लगानिकर्ता माथी प्रहार गरिएको छ, यो कर हैन लुट हो। नियम कानुन बनाउनेहरुले प्रकृया पुर्याएर गरेको लुटको प्रकृती यस्तै हुन्छ। अत्यन्तै गैरजिम्मेवारी, अबैज्ञानिक र क्रुरता पुर्वक लगाएको, घाटा हुँदा पनि नाफा गरेकै सम्झिएर तिर्नुपर्ने यो कर बिरुद्द देशभरका लगानिकर्ता एक जुट भएर हातेमालो गर्दै लड्नु अहिलेको आवश्यकता रहेको छ। यो लडाईंमा हामी हारिनु भनेको आफ्नो अस्मिता लुटिनु सरहनै हो। तसर्थ अहिले पछी हट्नु भनेको जिन्दागी भर उँधोगतीको यात्रा तय गर्नु हो।
लगानिकर्ता जागौं।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्