×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकले सुरू गर्यो टीम निर्माण अभियान, उपत्यकाका ६५० कर्मचारी सहभागी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नबिल बैंकले सुरू गर्यो टीम निर्माण अभियान, उपत्यकाका ६५० कर्मचारी सहभागी

२२ जेष्ठ २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नबिल बैंकले काठमाडौंमा उपत्यकामा कार्यरत कर्मचारीहरुको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । शनिबार आयोजित ‘सर्जिङ टुगेदर अहेड’ नाम दिइएको कार्यक्रममा बैंकको काठमाडौं उपत्यकामा कार्यरत ६५० भन्दा बढी कर्मचारीको उपस्थिती रहेको थियो ।
यसबारे अनलाइनखबरसँग कुरा गर्दै बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले भने, ‘नबिल बैंकको लागि सबैभन्दा ठूलो स्रोत हाम्रो मानव संशाधन हो । कर्मचारीहरुमा आपसी तालमेल बढाइ ग्राहकहरुलाई छिटोछरितो र उत्कृष्ट सेवा दिन यस्तो कार्यक्रम गरिएको हो ।’
बैंकले यसअघि व्यवस्थापन स्तरका ६३ जनालाई तीन दिने ‘टिम बिल्डिङ’ तालिम दिएको थियो । आगामी दिनमा बैंकले सात वटै प्रदेशमा यस्ता कार्यक्रम गर्ने जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी