
काठमाडौ–नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले स्थानीय स्तरमा निरन्तर शाखा विस्तार गर्ने क्रममा रोल्पा जिल्लाको त्रिवेणी गाँउपालिकास्थित जँुगारमा नयाँ शाखा सञ्चालन गरेको छ। यस सँगै उक्त बैंकले आफ्नो ७१ औं शाखा विस्तार गरेको छ ।
बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ ।२२ हजार बढी जनता रहेको प्रदेश नम्बर ५ स्थित त्रिवेणी गाउपालिकाका स्थानीयलाई यो शाखाले वित्तिय कारोबारमा सहजता प्रदान गर्ने अपेक्षा लिइएको छ । साथै विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार व्यक्तिलाई रु ३ अर्ब ६४ करोड लगानी गर्ने नेपाल इन्भेष्टमेण्ट बैंक लि. एक मात्र बैंक रहेको छ ।
८ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको १०० वटा एटिएम पुगेको छ भने ६ वटा एक्स्टेन्सन काउन्टर रहेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ६३ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्