×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय लगानीको मनिपाल अस्पताल, जो ‘मनि’का लागि जनताको ज्यानसँग सम्झौता गर्छ तर कर तिर्दैन ! (प्रमाणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भारतीय लगानीको मनिपाल अस्पताल, जो ‘मनि’का लागि जनताको ज्यानसँग सम्झौता गर्छ तर कर तिर्दैन ! (प्रमाणसहित)

१७ जेष्ठ २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- भारतीय लगानीमा सञ्चालनमा आइरहेको पोखराको मनिपाल अस्पतालले ९ करोड कर तिर्न बाँकी रहेको खुलासा भएको छ । केहि समयअघि अस्पतालले आफूकहाँ काम गर्ने नर्शहरुलाई ५ हजार रुपैयाँमा काम गराउने र आवाज उठाएको खण्डमा निकाल्ने गरेको खबर सार्वजनिक भएको केहि समयभित्रै अस्पतालले पोखरा लेखनाथ महानगरपालिकालाई तिर्नुपर्ने घर जग्गा तथा एकिकृत सम्पत्ती कर झण्डैं ९ करोड तिर्न अटेर गरेको खुलासा भएको छ । महानगरले पटकपटक कर तिर्न तागेता गर्दा पनि अस्पतालले कहिले भारतीय दुतावासको पावर लगाउँदै त कहिले केहि बहाना गर्दै यसरी कर तिर्न अटेर गरेको नगरपालिका स्रोत बताउँछ । 

महानगरका राजश्व शाखा प्रमुख छविलाल शर्माका अनुसार अस्पताललाई पटक पटक कर तिर्न तागेता गरिसकिएको छ । धेरैपटक तागेता गर्दा पनि अस्पतालले कर नतिरेको भन्दै अव अन्तिम पटक तागेता गर्दा पनि नमाने कानुनी उपचार थाल्ने उनको भनाइ छ । यता अस्पतालका प्रशासन प्रमुख भानु भारद्वाज भने कर तिर्ने भन्ने विषयमा अझै पनि छलफल भइरहेको दावी गर्छन् । उनका अनुसार महानगरलाई मनिपाल अस्पतालले ०७५ वैशाख २ गते पत्र पठाई कर तिर्नको लागि एकिकृत सम्पत्ती करको हिसाव विवरण माग गरेको थियो र सोहि अनुसार प्रक्रिया चलिरहेको छ । कम तलव दिएको आरोपमा आन्दोलनमा उत्रिएकाहरुलाई कारवाही स्वरूप अस्पतालले जागिर बाटै निकालिदिएपछी अहिले एक हप्ता यता आकस्मिक सेवा बाहेकका अन्य सेवा ठप्प छ । यस विषयमा पटक पटक वार्ता बसेपनि वार्ता निचोडमा पुग्न सकेको छैन ।

मनिपाल अस्पताललाइ जनताको ज्यान जोखिममा राख्ने काम गर्दै आएको आरोप लाग्दै आएको छ । केहि समय अघि अस्पतालमा नक्कली डाक्टरहरु भएको खबर पनि सार्वजनिक भएको थियो भने अस्पतालका थुप्रै लापरवाहीका घटनाहरु पनि पटक पटक छताछुल्ल भएका छन् ।
यो पनि पढ्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी