
काठमाडौं- एनएमबि बैंक ८औं आईएफसी ट्रेड अवार्डमा “बेस्ट इस्यूइङ बैंक पार्टनर इन फ्राजाइल कन्ट्रीज् २०१७ दक्षिण एशिया” अवार्डबाट सम्मानित भएको छ । एमएमबी बैंक हाल नेपालमा भएका बाणिज्य बैंकहरुमध्य अवार्डबाट सम्मान पाउने पहिलो बैंक हो । ग्लोबल ट्रेड फाइनान्स कार्यक्रम २०१७मा बैंकले गरेको सहकार्यका लागि रिजनल फाइनान्सीयल इस्टिच्यूसनस् ग्रुप, आईएफसी का प्रमुख एशिया र प्यासिफिक भिट्टोरियो दि बेलोले बैंंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई यो अवार्ड प्रदान गरेका छन् ।
आईएफसी ट्रेड अवार्डको प्राप्तिले एनएमबी बैंकको आन्तर्राष्ट्रिय सम्बन्ध तथा अन्तर्राष्ट्रिय साझेदारहरुको सहकार्यमा नेपालका स्थानीय समुदायमा गर्न सक्ने ठूलो व्यापार लगानी क्षमतालाई उद्घोष गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले बताए ।आईएफसी ट्रेड अवार्डसँगै एनएमबी बैंकले हालसम्म ३ चर्चित अन्तर्राष्ट्रिय अवार्ड हात पर्र्न सफल भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्