
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – मञ्जुश्री फाइनान्सले सोमबारदेखि सेयर लिलामीमा ल्याएको छ । मञ्जुश्रीले संस्थापक समूहको १६ हजार ५६३.९ कित्ता र सर्वसाधारण समूहको २२ हजार ५४८.१ कित्ता गरि जम्मा ३९ हजार १२२ कित्ता सेयर लिलामी प्रक्रियाबाट बिक्री खुला गरेको हो । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ ।
आवेदन दिने अन्तिम म्याद जेठ २१ गतेसम्म हुनेछ । आइतबार नेप्सेमा मञ्जुश्रीको प्रतिकित्ता १२४ रुपैयाँमा भाउ क्लोजिङ भएको छ । लगानीकर्ताले लिलामी भर्दा दोस्रो बजारमा कायम भाउलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । सोही आधारमा लिलामीमा कति रुपैयाँसम्म मूल्य प्रस्ताव गर्ने भनेर निर्णय लिन सजिलो हुनेछ ।
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौं र लालदरबार काठमाडौं, ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज शाखा कार्यालयहरुबाट सेयर भर्न पाइनेछ । यसैगरी, मञ्जुश्री फाइनान्सको नयाँ बानेश्वर काठमाडौं कार्यालयबाट पनि बोलपत्र भर्न मिल्नेछ । नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखा कार्यालयबाट पनि लिलामी भर्न सकिनेछ । हाल मञ्जुश्रीको चुक्त पुँजी ७२ करोड ४३ लाख ७९ हजार रुपैयाँ रहेको छ । लिलामी बिक्री गरिसकेपछि चुक्ता पुँजी ७६ करोड ५ लाख ९८ हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्