Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी विकास बैंकद्धारा विद्यार्थीहरुलाई सहयोग

अर्थ सरोकार

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न शाखामार्फत विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेको छ । 
बैंकको मंगलसेन शाखाले श्री मंगला नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयका आर्थिक स्थिति कमजोर भएका र अध्ययनशील पाँच विद्यार्थीहरुलाई २५ हजार रुपैयाँ बेलौरी शाखाले श्री कल्याण माध्यमिक विद्यालय बेलौरी न.पा. ७ पौलाहा कञ्चनपुरका कक्षा ५,६,७,८ र ९ का विद्यार्थीहरु १० जनालाइ २५ हजार रुपैयाँ र बसुन्धारा शाखाले तिलिङ्गाटार उच्च माध्यमिक विद्यालय, धापासीका दुई विद्यार्थीहरुलाई २५ हजार रुपैयाँ छात्रवृत्तिस्वरुप वितरण गरेको हो ।
यसअघि बैंकको बाँसगढी शाखाले बाँसगढी नगरपालिका वडा नं ०२ राझाँ, बर्दियास्थित श्री नव दुर्गा तरकारी तथा बिउ उत्पादन बहुउद्देश्यीय सहकारी संस्थाको भवनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा ८० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई वित्तिय साक्षरता सम्बन्धी जानकारी बाँसगढी शाखाका प्रबन्धक दिपेन्द्र बोहराले गराएका थिए ।
बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK