×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी र मुक्तिनाथसँग गरिमा विकास बैंकको रेमिट्यान्स सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

महालक्ष्मी र मुक्तिनाथसँग गरिमा विकास बैंकको रेमिट्यान्स सम्झौता

१० जेष्ठ २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मुक्तिनाथ विकास बैंक लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच गरिमा रेमिट सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ । गरिमा विकास बैंकको तर्फबाट नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक प्रमूख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्गले सम्झौतापत्रमा बुधबार हस्ताक्षर गरे ।
त्यसैगरी गरिमा रेमिट सञ्चालन सम्बन्धमा गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकबीच पनि सम्झौता भएको छ । मंगलबार गरिमा विकास बैंकको तर्फबाट नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र महालक्ष्मी विकास बैंकको तर्फबाट नायब प्रमूख कार्यकारी अधिकृत ध्रुवराज तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका देशभर रहेका ७८ वटा शाखा र महालक्ष्मी विकास बैंकका ७१ शखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भूक्तानी लिन तथा खातामा रकम जम्मा गर्न सकिने भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी