- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- झुर इन्टरनेट सर्भिस बेचेर पछिल्लो समय बदनाम भएको कम्पनी भायानेटले जनताले तिरेको करसमेतमा बदमासी गर्ने गरेको खुलासा भएको छ । आफुले जोडेको इन्टरनेट चल्दै नचलेपछि सेवा नै स्थगीत गरी पैसा फिर्ता गर्दा कम्पनीले आफुले तिरेको भ्याटनै खाइदिएपछी कम्पनीको बदमासी यसरी बाहिर आएको हो । प्रचलित कानुन अनुसार सर्भिस फिर्ता लिँदा सो वापतको भ्याट पनि फिर्ता दिनुपर्ने नियम भएपनि कम्पनीले जनतालाई भ्याट वापतको रकम भने फिर्ता नगर्ने गरेको पाइएको छ ।
भायानेटले गर्यो यस्तो बदमासी
अर्थ सरोकार डटकम सञ्चालक कम्पनी शुभम् मिडिया प्रालिले २०१८ अप्रिल २ तारिखमा शुभम् मिडिया प्रालिका नाममा एक वर्षको कुल २८ हजार ४ रुपैयाँ (भ्याटसहित) तिरेर भायानेटको सर्भिस लियो । उक्त सेवा लिँदा ७ दिन चलाएर हेर्नुहोस्, नराम्रो लागे पूरै पैसा फिर्ता हुन्छ समेत भनिएको थियो । सोहि अनुसार सेवा लिइयो । तर भायानेटको सर्भिस यतिसम्म झुर रहेछ कि के भन्ने ? हामीले दोश्रो दिन नै उक्त सेवा फिर्ता गर्ने निर्णय गर्यौं । हामीलाई केहि दिन हेर्नुहोस्, हामी हेर्छौं केहि समस्या भएको हो कि भनेर फकाइयो । न हो कि भनेर हामीले पनि कुर्यों । तर अहँ नेट त चल्दै चलेन । सर्भिस लिनुअघि कर्पोरेट प्लान ६ एमबीपीएस नेटले ३ वटा ल्याबटप चलाउँदा त निकै राम्रो चल्छ भन्ने कुरा भनिएको हामीलाई । तर ३ वटा ल्याबटपमा नेट त परै जाओस् एउटा ल्याबटपमा भायानेटकै साइट पनि खुलेन । सपोर्टमा फोन गरेर थुप्रै कुरा गरियो, अहँ उनीहरुले बनाउन सकेनन् । राउटरमा केहि समस्या हो कि भनेर त्यो पनि बनाइयो, त्यसले पनि भएन । त्यसपछि हामीले चौथो दिननै सेवा स्थगित गर्न भन्यौं । उनीहरुले बिल फिर्ता मागे । र प्रोसेसमा राखिदिएका छौं भने ।
मे १५, २०१८ का दिन भायानेटबाट फोन आयो, ‘तपाईंको चेक रेडी छ’ चेक लिन आउनुहोस् भनियो । हामी गयौं । तर चेक २०६५६ रुपैयाँको मात्र आयो । अर्थात बाँकी पैसा कमपनीले खाइदियो । हामीले यतिधेरै पैसा किन काटेको भन्दा उत्तर आयो, ‘यो अर्ली चार्ज हो। ‘ ‘अनि यसरी सेवा फिर्ता गर्दा चार्ज लाग्छ भनेर किन भानिएन त ?’ भन्ने हाम्रो प्रश्नमा त्यहाँका कर्मचारीले भने, ‘यो भ्याटवापतको पैसा हो । फिर्ता गर्न मिल्दैन ।’हामीले पुन: तपाईंहरुले क्रेडिट नोट जारी गरेर हामीलाई उक्त भ्याट फिर्ता गर्न सक्नुहुन्छ त, लिंदै नलिएको सेवाको एक बर्षको पूरा भ्याट हामीले किन तिर्ने ? बरु २ दिनको पैसा काट्नुस्’ भन्दा त्यहाँका कर्मचारीले भने, ‘हामी त्यो कुरा बुझ्दैनौं ।’
‘अनि भ्याट नै कटाएपनि २४७८२ रुपैयाँ फिर्ता हुनुपर्ने हो नि ? भन्ने हाम्रो प्रश्नमा त्यहाँका कर्मचारीले भने, ‘९०० चानचुन तपाईंले २ दिन प्रयोग गरेको सेवा शुल्क हो ।’ महिनाको २२०० चानचुन पर्ने इन्टरनेट चलाउँदै नाचलाई २ दिनको ९०० ?’ हाम्रो प्रश्नमा त्यहाँका कर्मचारीले भने । हाम्रो नियम नै त्यहि हो । अनि ल ९०० त सेवा शुल्क नै भयो, बाँकी पैसा ?’ त्यहाँका कर्मचारीले भने ‘डेबिट नोट लेखेर दिनुहोस्’ बाँकी केहि रकम फिर्ता दिउँला । ‘डेबिट नोट लेखेर दिन्छौं, त्यसो भए बिल फिर्ता दिनुहोस् न त ‘ भनेर माग्दा त्यहाँका कर्मचारीले भने ‘बिल फिर्ता दिन अहिले मिल्दैन । ‘ यस बाट पुष्टी हुन्छ कि कम्पनीले भ्याट वापतको रकम आफुले क्रेडिट नोट लेखेर विक्री कम गर्ने अनि हाम्रो पैसा खाने दाउ गरेका रहेछन् ।
विज्ञ भन्छन्,’यो त सरासर ठगी हो’
यता यस विषयमा हामीले केहि कर विज्ञहरु र चार्टड एकाउटेन्टहरुलाई समेत सोधेका थियौं । ‘डेबिट नोटचाहिं लेखेर दिनु भन्ने अनि बिल फिर्ताचाहिं दिन्न भन्नु त सरासर गलत भयो । भ्याट वापतको रकम फिर्ता दिन्नौं भन्नु पनि गलत भयो । सेवा फिर्ता लिँदा भ्याटको रकम फिर्ता दिनुपर्छ ।’ एक कर विज्ञले अर्थ सरोकार डटकमसंग भने ।यता आन्तरिक राजश्व विभागका कर्मचारीले समेत यस्तो गर्नु गलत भएको बताउंदै उजुरी गरेको खण्डमा आफुहरुले छानविन गर्ने बताएका छन् । ”भ्याट भनेको उठाउने हो । भ्याटलाई पचाउने अधिकार कसैलाई हुँदैन । एउटा सामान्य उजुरी दिनुहोस्, हामी छानविन गर्छौं ।’ आन्तरिक राजश्व विभागका कर्मचारीले अर्थ सरोकार डटकमसँग भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्