काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंकले ग्राहकहरुमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्यका साथ काठमाडौंको सात्तदोबाटोमा शाखा कार्यालय मिति २०७५ जेष्ठ ७ गते सोमबारबाट सञ्चालनमा ल्याएको छ । सात्तदोबाटो शाखाको उद्धघाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरे । उद्धघाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, सुमेरु अस्पतालका अध्यक्ष भरत मर्हजन, प्रहरी निरिक्षक शिताराम हाक्षेतु तथा बैंकका अन्य बरिष्ठ पद्धाधिकारीको पनि उपस्थिती थियो ।
शाखा उद्धघाटन पश्चात् बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।