
- समाचार टिप्पणी
काठमाडौँ- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बैसाख ३० गते नेपाल बन्दको घोषणा गरेको छ । प्रधनमन्त्री केपी ओलीले अरुण तेस्रो जलबिद्युत आयोजना भारतलाई बुझाएको भन्दै ‘विप्लव’ ले एक विज्ञप्ति जारी गर्दै ओलीले गरेको राष्ट्रघात बिरुद्ध कडा संघर्षमा उत्रिने उद्घोष गरेका गर्दै आइतबार नेपाल बन्दको घोषणा गरेका हुन् ।
आइतबार गरिएको बन्दका दिन काठमाडौँमा सार्वजनिक विदा छ । यसघि पनि सार्वजनिक विदा अर्थात शनिबारकै दिन विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको आह्वान गरेको थियो । यसअघि पनि पार्टीले आफ्ना कार्यकर्ताहरुलाई ओली सरकारले दमन गरेको भन्दै शनिबार नेपाल बन्दको आह्वान गरेको थियो ।
निरन्तरको संयोग कि असफलताको त्रसित मानसिकता ?
यसो त यसलाई निरन्तरको संयोग भन्ने पंक्ति ठुलो छ । ‘यो संयोगबाहेक अरु केहि होइन । आन्दोलनको उदघोस यो दिन वा यो समय नै हुनुपर्छ भन्ने पनि होइन । यो समयको माग हो ।’ नेकपाका एक नेता भन्छन्, ‘त्यस्तो निरन्तर पनि होइन, दुई पटक यस्तो भयो । यसअघिको बन्द शनिबार परेको थियो । आज त काठमाडौँमा मात्र विदा हो । देश भनेको काठमाडौँमात्र होइन । हामी यो मानसिकताबाट बाहिर निस्कनुपर्छ ।
यसो त काठमाडौँमा आज उपत्यका विदा छ । सरकारी कार्यालय, स्कुल-कलेजहरु खुलेका छैनन् । यसै पनि आधाजसो काठमाडौँ बन्द छ । यस अघि बन्द गरिएको शनिबार पनि अधिकांस देश आधाजसो बन्द छ । कतिपयले यसलाई बन्द संस्कृतिमाथि जनताले साथ दिन छोडेका कारण नेकपाले लिएको रणनीतिको रुपमा व्याख्या गरेका छन् । ‘किन बिदाको दिन बन्द ? सरकारी हाकिमहरु बिदामा बस्ने शनिबार बन्द गरेर जनतालाई मात्र किन दुख दिएको ?’ जस्ता आवाजहरु विभिन्न ठाउँमा उठीरहेका छन् ।
बन्दको विकल्प र विप्लव !
यसो त देशमा एक होइन सयौं विप्लवहरुको खाँचो छ । यसै पनि विप्लव एउटा पात्र मात्र हुन्, नेपाल कम्युनिष्ट पार्टीले बोकेको इतिहासलाइ कसैले नकार्न सक्दैन । देशमा विप्लवलाइ समर्थन गर्नेहरुको संख्या एक पछि अर्को गर्दै बढीरहेको छ । तर विप्लवले पनि बन्दको विकल्प खोज्नुपर्ने हो कि भन्ने आवाज धेरै ठाउँबाट उठिरहेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भ्रष्ट र तस्करहरुलाई कालोमोसो दलेको घटनालाइ आम नागरिकले सकारात्मक रुपमा नै लिएका छन् । तर ठुलालाई असर नगर्ने र आम नागरिकलाइ असर गर्ने बन्दको विकल्प खोज्नुपर्ने कुरामा पार्टी सकारात्मक हुन सके यसले पार्टीप्रति आम नागरिकको धारणा पनि निकै साकारात्मक हुने कुरामा कुनै शंका छैन ।
यो पनि पढ्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्