
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल इन्स्योरेन्स र नेसनल हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा आज शुक्रबार हुँदैछ । इन्स्योरेन्सले ८% बोनस सेयर र २% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजाँदै छ भने नेसनलको सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव छ ।
यस्तै इन्स्योरेन्सको सभाएयरपोर्ट होटल सिनामंगल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले सभामा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । सभामार्फत संस्थापक समूहबाट विशाल मिनरल्स एन्ड माइन्सका प्रतिनिधि विष्णु खेतान अग्रवालको सञ्चालक समितिमा नियुक्तिलाई अनुमोदन गर्नेछ ।
नेसनल हाइड्रोपावरको सभा पनि डेलिश ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट बालुवाटार काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले सभामा आर्थिक वर्ष २०७७–७८ को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्