
काठमाडौं । मुलुकलाई सिन्डिकेट मुक्त बनाउने अभियान अन्तर्गत पछिल्लो समय यातायात क्षेत्रमा विद्यमान सिन्डिकेट हटाउन सरकार तदारूकताका साथ लागि परेको छ । सिन्डिकेट हटाउने सरकारको निर्णयलाई चुनौती दिँदै यातायात व्यावसायीले हड्तालको घोषणा गर्दा एक सय २१ नेताहरूले प्रहरी हिरासतमा रात कटाए । सरकारको निर्णय स्वीकार्ने कागज गरेपछि उनीहरू आइतबार रिहा भए ।
मुलुकको अर्थतन्त्र मजबुत बनाउन र सबैलाई करको दायरामा ल्याउन सरकारले कठोर कदम चालिरहँदा देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल भने एक व्यक्तिको सिन्डिकेटमा चलिरहेको छ । विवादास्पद ब्यापारी सुवास श्रेष्ठले चलाएको सिन्डिकेटले आन्तरिक तथा वाह्य पर्यटक तथा सेवाग्राहीहरू दिनदहाडै लुटिने गरेका छन् भने श्रेष्ठको होटेल स्वनिगाको नामबाट अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल प्रस्थान कक्षमा संचालित आधा दर्जन पसलमा संकलन हुने विदेशी मुद्रा अवैध तरिकाले मुलुक बाहिर तस्करी हुने गरेको स्रोत बताउँछ ।
रमेशनाथ पाण्डे पर्यटनमन्त्री हुँदादेखि करिब एक दशक अन्तर्राष्ट्रिय विमानस्थल श्रेष्ठले कब्जा गरेका छन् । डोमेस्टिक तथा अन्तर्राष्ट्रिय टर्मिनलतर्फको पार्किङदेखि पसल कवल सबै उनले कौडीको भाउमा ठेक्का लिएका छन् । एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री बामदेव गौतम निकट मानिने श्रेष्ठले नेपाल नागरिक उडड्यन प्राधिकरणका महाप्रबन्धक देवानन्द शर्मा, र प्रहरीका उच्च अधिकारीसँगको सेटिङमा विमानस्थल भित्रैबाट डलर र तस्करीको धन्दा चलाउने गरेको स्रोत बताउँछ ।
उच्च स्रोतका अनुसार श्रेष्ठले राजनीतिक संरक्षणको लागि भन्दै विमानस्थल भित्रै एमाले नेता गौतमको लागि एउटा पसल उपलब्ध गराएको चर्चा छ । अन्तर्राष्ट्रिय टर्मिनलको प्रस्थान कक्षमा गौतमको नामबाट एउटा पसल संचालनमा रहेको विमानस्थल स्रोतले बतायो ।
उक्त पसलमा बामदेमका छोरा हरिश जाने गरेको र कहिलेकाही बामदेव आफंै जाने गरेका छन् । नागरिक उडड्यन प्राधिकरणका उच्च अधिकारीको मिलेमतोमा बिमानस्थलमा व्यापारको नामा सेवाग्राही लुटिने गरेका छन् । विमानस्थलभित्र यति अचाक्ली महँगो छ कि एक कप कालो कफीको मूल्य ३ सय रूपैयाँसम्म बुझाउनुपर्ने बाध्यता छ ।
डलर तस्करीमा जागिर गुमाएका पूर्व एसएसपी रविराज श्रेष्ठ पनि सुवासका पार्टनर हुन् । पछिल्लो समय चर्चित ३३ किलो सुनकाण्डमा समेत उनको संलग्नता देखिएपछी उनी माथि सुक्ष्म छानबिन भैरहेको गृह मन्त्रालयका एक अधिकारीले बताए ।
स्रोतका अनुसार डलर र सुन तस्करीमा श्रेष्ठसँगै नेपाल प्रहरीका पूर्वएआइजीहरू नवराज ढकाल, विज्ञानराज शर्मा विजयलाल कायस्थ, विमानस्थलका एसएसपी प्रेम चन्द, सामसुङ मोबाइलको आडमा सुन तस्करीको साम्राज्य चलाई रहेका विवादास्पद ब्यापारी दीपक मल्होत्रा, हुण्डी कारोबारी पवन सरिया लगायत छानबिनमा तानिने निश्चितप्राय छ ।
अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षतर्फको अध्यागमनभित्र कफी शप, विभिन्न पसल र रेस्टुरेन्टहरू श्रेष्ठ आफैले सञ्चालन गर्दै आएका छन् । त्यहाँको व्यापारबाट संकलन हुने विदेशी मुद्रा जहाज मार्फत सिधै दुबई पठाउने र सोही मुद्राबाट सुन खरिद गर्ने गरिएको स्रोत बताउँछ । विमानबाट आउने फोहोर व्यवस्थापनको समेत जिम्मेवारी लिएका श्रेष्ठले फोहोरमै राखेर सिनामंगलस्थित नेपाल आयल निगमको हवाई इन्धन डिपोको गेटमार्फत सुन पास गराउने गरेको सूचनासमेत विशेष अनुसन्धान टोलीले पाएको छ । विमानस्थलबाट हुने डलर तस्करी र हुण्डीको कारोबारमा श्रेष्ठको संलग्नता देखिएपछि उनलाई समेत विशेष निगरानीमा राखिएको उच्च स्रोतको दावी छ । आजको जनप्रहार साप्ताहिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्