×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाखा विस्तारमा ‘एग्रेसिभ’ बन्दै सिद्धार्थ बैंक, एकै साथ ८ नयाँ शाखा सञ्चालनमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शाखा विस्तारमा ‘एग्रेसिभ’ बन्दै सिद्धार्थ बैंक, एकै साथ ८ नयाँ शाखा सञ्चालनमा

२४ बैशाख २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा बाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप विभिन्न स्थानमा शाखा विस्तार गर्ने क्रममा यस बैंकले २०७५ वैशाख २३ गते आइतबार रौतहटको माधवनारायण, तनहुँ लेगौडा, नवलपुरको गँैडाकोट, नवलपरासीको बर्दघाट, रुपन्देहीको कोटिहवा, कपिलबस्तुको जितपुर, सिराहाको लहान र झापाको सुरुङ्गामा एकै साथ ८ वटा शाखा सञ्चालनमा ल्याएको छ । 
यी शाखाहरु मार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुनेछ । त्यस्तै यी शाखाहरुबाट बैंकका अन्य शाखाहरुबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नुहुनेछ । साथै यी शाखाहरुबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ । 
हालै सञ्चालनमा आएका शाखाहरु सहित बैंकले देशभर १०८ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १०८ ATM र ६८७ एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ को चैत्र मसान्तसम्म बैंकले कुल निक्षेप रु.९० अर्ब ४० करोड र कर्जा लगानी रु. ८१ अर्ब १७ करोड गरेको छ भने सोही अवधीमा बैंकले २ अर्ब ४ करोड खुद मुनाफा आर्जन गर्न सक्षम भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी