
बैंकले पर्वत जिल्लाको विहादी गाउँपालिका वडा नं. ४ मा बुधबारदेखि नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा संचालनमा ल्याएको हो । विहादी गाउँपालिकाका अध्यक्ष कमल भुषालले एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरे ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
बैंकको विहादी शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनुका साथै उक्त गाउँपालिकको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्