×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एप्पल वल्र्डको नयाँ वर्ष अफरः पुरानो मोबाइल दिएर नयाँ साँट्न पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एप्पल वल्र्डको नयाँ वर्ष अफरः पुरानो मोबाइल दिएर नयाँ साँट्न पाइने

Artha Sarokar

१२ बैशाख २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एप्पल वल्र्ड मोबाइल प्रालीले नयाँ बर्ष २०७५ को अवसरमा मोबाइल एक्सचेञ्ज अफर संचालनमा ल्याएको छ । बैशाख एक गतेदेखि आठ गतेसम्म संचालन हुने नयाँ बर्षमा नयाँ मोबाइल अफर अन्तर्गत पुरानो मोबाइलको सट्टा नयाँ मोबाइल प्रदान गरिने कम्पनीले जनाएको छ ।
उक्त अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना स्मार्टफोनसँग नयाँ स्मार्टफोन सट्टा–पट्टा गर्न सकिनेछ । पुरानो फोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइनुका साथै मोबाइल खरिद तथा मर्मतमा समेत विशेष छुटको अफर राखिएको एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।
एकै छानामुनी बिश्व बजारमा पाइने सबै मोबाइलको कारोबार गर्दै आएको एप्पल वल्र्डले डेढ दर्जन मोबाइलको टच एण्ड फिल सहितको काउन्टर राखेको छ । जहाँ ६० मिनेटमा जुनसुकै मोबाइलको पनि मर्मत गरिने छ ।
राजधानीको मर्कन्टायल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्डमा बिश्व बजारमा पाइने ब्राण्डेड तीन सय ५० वटा मोडलका मोबाइलको टच एण्ड फिलजोन रहेका छन् । एप्पल वल्र्डमा सामसुङ, जियोनी, ओप्पो, लाभा, जेटटिइ , हुवावे, माइक्रोम्याक्स, पानासोनिक, ओबिआइ, वान प्लस थ्री, आइफोन, एलजी, एमआइ, मेजु, एचटिसी, युएमआइ, माइक्रोसफ्ट, लेनेभो, सोनी, कलर्स लगायतका मोबाइल ब्राण्ड उपलब्ध छन् भने अन्तर्रा्ष्ट्रिय बजारमा पाइने मोबाइल एसोसरिज र ल्यापटपको समेत कारोबार भइरहेको छ ।
सिटिभी मोबाइल प्रालिले दरबारमार्गस्थत मर्कन्टायल प्लाजामा ‘एप्पल वल्र्ड मोबाइल, ताम्राकार कम्प्लेक्स न्युरोडको पसल नं १२, १३ र ३३, सिटिसी मलको चौथो तल्लामा द वल्र्ड भिजन तथा चाबहिलस्थित केएल टावरमा सिटिभी लिंक इलोक्ट्रोनिक्समार्फत मोबाइलको कारोबार गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी