
काठमाडौं – नेपाल धितोपत्र बोर्ड र वीरगन्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा वीरगन्जमा पूँजी बजारका सम्बन्धमा जनचेतना अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
वीरगन्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा वीरगन्ज महानगरपालिका मेयर विजय सरावगी तथा बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीको पनि सहभागिता रहेको थियोे ।
उक्त कार्यक्रममा मेयर सरावगीले हालैका दिनमा बोर्डले गरेको कार्यहरुको सराहना गर्दै पुँजी बजार अर्थतन्त्रको एक महत्वपूर्ण बजार रहेकोले यस सम्बन्धमा सबैले ज्ञान लिन जरुरी रहेको विचार व्यक्त गर्नुभयो ।
त्यस्तै बोर्डका अध्यक्ष डा. कार्कीले बोर्डले ७७ वटै जिल्लाबाट सार्वजनिक निष्काशनमा आवेदन दिन सक्ने व्यवस्थालगायतका नीतिगत सुधारहरु भइरहेको जानकारी दिँदै देश संघीय संरचना गएको र स्थानीय रुपमा विकासका लागि आवश्यक रकम जुटाउन म्युनिसिपल बन्डमार्फत् पुँजी संकलन गर्न पनि सकिने भएकाले त्यसतर्फ पनि सम्बन्धित पक्षरुको ध्यान जान जरुरी रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा बोर्डका उपनिर्देशक नारायण प्रसाद शर्माले धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धमा, सीडीएस एन्ड क्लियरिङका अधिकृत सुरज कार्कीले सीडीएससीसँग सम्बन्धित विविध पक्षहरु सम्बन्धमा तथा धितोपत्र दलाल कम्पनीका तर्फबाट सूर्य प्रसाद पौडेलले धितोपत्र दलाल व्यवसायका सम्बन्धमा आफनो प्रस्तुति राख्नुभएको थियोे । बोर्डका कामु अधिकृृत राजुबहादुर जिसीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो ।
यसैगरी बोर्ड र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा हेटौडाका लगानीकर्तालाई जनचेतना अभिवृद्धि गराउन अन्तक्र्रिया पनि गरिएकोे छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण बहादुर कटुवालकोे अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष रघुनाथ खुलाल तथा बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की र प्रमुख जिल्ला अधिकारी चक्रबहादुर थापाको सहभागिता रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्