×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकको बासँगढी शाखाको औपचारिक समुद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एभरेष्ट बैंकको बासँगढी शाखाको औपचारिक समुद्घाटन

५ बैशाख २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

देशको कुना–कुनामा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ एभरेष्ट बैंकले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै गएको छ । यसै क्रमलाई निरन्तरता दिंदै बैंकले बर्दियाको बाँसगढीमा आफ्नो शाखाको औपचारिक समुद्घाटन गरेको छ ।

बाँसगढी शाखाको समुद्घाटन बाँसगढी नगरपालिकाका मेयर श्री शालिकराम अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सोमेश्वर सेठले संयुक्त रुपमा गर्नु भएको थियो । उक्त कार्यक्रममा बाँसगढी नगरपालिकाका, उपमेयर श्री सुष्मा चौधरी, प्रमुख प्रशासकिय अधिकृत श्री कमल प्रसाद पौडेल, इलाका प्रशासन कार्यालयका प्रमुख श्री महेन्द्र जंग शाहि तथा अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।
हालै भएको CAMELS Rating मा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी