Skip to content
LAXMI SUNRISE BANK

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. को अध्यक्षमा अर्जुन राज खनिया मनोनित

अर्थ सरोकार

एन आई सी एशिया बैंक लिमिटेडले बैंकको पूर्ण स्वामित्वमारहेको सहायककम्पनीएनआई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमाप्रतिनिधित्वगर्ने नयाँ सञ्चाकलहरु मनोनित गरेको छ । नयाँ सञ्चालक समितिमा अर्जुन राज खनियालाई सञ्चालक समितिको अध्यक्षमा मनोनित गरिएको छ । 
अध्यक्ष खनियाले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलबाट पद तथा गोपनियताको सपथ लिएको छ । खनियाले एन आई सी एशिया बैंकको मुख्य जनसम्पर्क अधिकृतको रुपमा कार्यरत हुनुका साथै उहाँले बैंकको योजना तथा रणनीति तर्जुमा एवं कार्यान्वयनमा अत्यन्त कुशल भूमिका निर्वाह गर्दै आएका छन् ।
भेरी अञ्चलको जाजरकोट खलंगामा केन्द्रिय कार्यालय स्थापना गरि मिति २०७४ मंसिर १२गते देखि सञ्चालनमा आएको लघुवित्त वित्तिय संस्थामा बैंकको तर्फबाट मनोनित अन्य सञ्चालकहरुमा दिनेश भारी, विशाल सिग्देल, तेज राज तिमिल्सिना र पदम ठकुल्ला रहेका छन् ।
साथै, एनआईसी एशिया बैंकलाई सर्वसाधारणबाट दर्शाउनु भएकोे प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा मुलुकभर गरी १९२ शाखा कार्यालयहरु, १९६ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ्ग मार्फत बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो संजाल भएको बैंक हुन सफल भएको छ । 
बैंकको वासलातको आकार रू १५५अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रू १०७ अर्ब र कुलनिक्षेप करिब रू १३१ अर्ब पुगी सकेको छ । यो सँगै वासलात, कुलकर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ । साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK