
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बुधबार, बीरगंजमा अठारौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा शेयरधनीहरुलाई चुक्ता पूँजीको ४२ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु.२८.५३ (कर सहित) वितरणको प्रस्ताव पारित भएको छ । बोनश शेयर बितरण पश्चात कम्पनीको चुक्ता पूँजी रु.४,३९,६९,२८,६४८/- हुनेछ । यसै गरि साधारण सभाबाट कम्पनीको अधिकृत पूंजी रु.८,००,००,००,०००/- (आठ अर्ब) कायम गर्ने प्रस्ताव पारित भएको छ ।
अध्यक्ष गोविन्द लाल संघईज्यूको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा स्वागत मन्तव्य एवं बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुदै उहाँले समिक्षा बर्षमा कम्पनीले कुल बीमा शुल्क आम्दानीमा करिब ३३ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे । साथै उहाँले बिद्यमान शेयर स्वामित्वमा सर्वसाधारण समुहमा शेयर संरचनामा बृद्धि भई ४० प्रतिशत कायम हुँदा सर्वसाधारण शेयरधनीहरुको स्वामित्व एवं जिम्मेवारी अझ व्यापक एवं फराकिलो बन्ने बिश्वास व्यक्त गरे।
सभा बाट आ.व.२०७३/०७४ को संचालक समितिको बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह बिवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीका गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा स्वीकृत भएको छ । यसैगरि, कम्पनीको पूँजी संरचनामा रहेको सस्ंथापक र सर्वसाधारण शेयरको बिद्यमान ७०ः३० अनुपातलाई परिवर्तन गरि संस्थापक र सर्वसाधारण शेयर स्वामित्व अनुपात ६०ः४० प्रतिशत कायम गर्ने प्रस्ताव सभाबाट स्वीकृत भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्