×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको नयाँ शाखा धनुषाको औरहीमा

PRIME CA

सनराइज बैंकको नयाँ शाखा धनुषाको औरहीमा

अर्थ सरोकार

२७ चैत्र २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – बैङ्किङ पहुँच नपुगेका सबै गाउँपालिका तथा नगरपालिकामा वाणिज्य बैङ्कको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्यअनुरूप सनराइज बैङ्कले धनुषाको औरही गाउँपालिकामा शाखा सञ्चालन गरेको छ । सोमवार आयोजित एक कार्यक्रमबीच औरही गाउँपालिका अध्यक्ष ब्रह्मदेव यादव र बैङ्कका नायब महाप्रबन्धक अपछकुमार यादवले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । 
बैङ्कले आइतवारदेखि रौतहटको दुर्गाभगवती र जुम्लाको गुठीचौरबाट पनि सेवा सञ्चालन गरेको थियो । हाल बैङ्कले देशभर ७९ शाखा, ९५ एटीएम, २० शाखारहित बैङ्किङ सेवा एवम् तीन एक्सटेन्शन काउण्टरमार्फत आधुनिक बैङ्किङ सेवा प्रदान गर्दै आएको छ ।
औरही शाखा सञ्चालनले यहाँका व्यवसायी तथा सर्वसाधारणलाई वित्तीय कारोबार गर्न सहज हुने बैङ्कको विश्वास छ । स्थानीय तहमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यवसायमा टेवा पु¥याउने उद्देश्यले शाखा सञ्चालन गरिएको बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: