×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्टको नयाँ शाखा कावासोतीमा

LAXMI SUNRISE BANK

एभरेष्टको नयाँ शाखा कावासोतीमा

२३ चैत्र २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – देशको कुनाकुनामा बैङ्किङ सेवा पु¥याउने उद्देश्यका साथ एभरेष्ट बैङ्कले विभिन्न स्थानमा शाखा विस्तार गर्दै आएको छ । यसै क्रममा बैङ्कले नवलपुरको कावासोतीमा शाखा सञ्चालन गरेको छ । बिहीवार आयोजित एक कार्यक्रमबीच नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी र बैङ्कका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।
थप शाखा सञ्चालनले स्थानीय व्यवसायी तथा सर्वसाधारणलाई वित्तीय कारोबार गर्न सहज हुने बैङ्कका प्रमुख कार्यकारी अधिकृत सेठले बताए । स्थानीय तहमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यवसायमा टेवा पुर्‍याउने उद्देश्यले शाखा सञ्चालन गरिएको उनको भनाइ थियो । हाल बैङ्कले ८० शाखा, सात एक्सटेन्शन काउण्टर, २८ राजस्व सङ्कलन काउण्टर र १ सय १३ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी