
काठमाडौं – कैलाश विकास बैंकले गुल्मी जिल्लाको पुर्तिघाटमा ४६ औँ शाखा स्थापना गरेको छ । उक्त शाखाको बिहीवार कालीगण्डकी गांउपालकिा प्रमुख वेद बहादुर थापाले शुभारम्भ गरे ।
नयाँ शाखा सहित बैंकको शाखा संख्या ४६ पुगेको छ भने एटिएम संख्या २२ पुगेको छ । बैंकले निकट भविष्यमा झापा जिल्लाको दमक, बारा जिल्लाको गंजभवानीपुर, सिराहा जिल्लाको बेल्हा, पर्सा जिल्लाको विरगंज तथा अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बताइएको छ ।
राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी रु.२ अर्व ५२ करोड रहेको छ । यस संस्थाले हाल सम्म रु.१९ अर्व ९३ करोड निक्षेप संकलन गरी रु १८ अर्ब ०९ करोड कर्जा प्रवाह गरेको जनाएको छ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाईल बैंकिङ, एसएमएस बैंकिङ ईन्टरनेट बैंकिङ सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्