
मुक्तिनाथ विकास बैंक लिमिटडले नेपालगंज उपमहानगरपालिका वडा नं. १ धम्बोजीमा नयाँ शाखा विस्तार गरेको छ । चैत्र १६ गते शुक्रबार नेपालगंज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले उक्त शाखाको उद्घाटन गरे ।
कार्यक्रममा प्रमुख अतिथि बैश्यले बैंकिङ्ग क्षेत्रमा मुक्तिनाथ विकास बैंकको मोडेल राम्रो लागेको कुरा बताउँदै साना उद्योग तथा उत्पादनशील क्षेत्रमा लगानी बृद्धि गरि स्वदेशमै रोजगारीको अवसरहरु सृजना गरेमा देशको आर्थिक अवस्था पनि मजबुत हुने बताए । सो क्रममा उनले बैंक कृषि तथा उद्योग मैत्री भई स्थानीयलाई सरल र सुलभ सेवा प्रदान गर्दै उत्तरोत्तर प्रगति गर्दै जाओस् भन्ने शुभकामना व्यक्त गरे ।
कार्यक्रमका बिशिष्ट अतिथि नेपाल राष्ट्र बैंक नेपालगंज कार्यालयका उप–निर्देशक कमल प्रकाश कालाथोकीले बैंकलाई शुभकामना दिदैं बैंकले कर्जाको आवश्यकता पहिचान गरि सोही क्षेत्रमा लगानी गरि साना साना कर्जा प्रबाह गर्दै सबैलाई उद्यमी बनाउन सहयोगी भूमिका खेल्नु पर्ने बताए ।
कार्यक्रममा बैंकका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले बैंकको भावी योजनाको बारेमा व्याख्या गर्दै बैंकलाई बर्तमान अवस्थामा ल्याउनको लागि सहयोग गर्ने सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरुलाई आभार ब्यक्त गरे ।
उक्त कार्यक्रममा नेपालगंज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद रिजाल, भेरी सहकारी संस्था लि.का अध्यक्ष, उद्योग बाणिज्य संघ वरिष्ठ सदस्य तथा उज्वल पुस्तक पसलका प्रोप्राईटर वसन्त लामिछाने, क्यान महासंघ बाँकेका पूर्व उपाध्यक्ष तथा सेन्चुरी ईन्फोटेक नेपालगंजका सञ्चालक संजय थापा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
समुद्घाटन कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै कार्यक्रमका सभापति बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको नितिगत ब्यवस्था नै न्यून वर्गका जनताहरुको आय आर्जन उकास्ने र अर्थतन्त्रलाई सृदृढ बनाउने खालको भएको बताए । रेमिट्यान्स हातमा होईन खातामा हुनु पर्छ भन्ने कुरालाई जोड दिँदै उनले बैंकले आफ्नै मुक्तिनाथ रेमिटान्सबाट देशभरि सेवा प्रदान गर्दै आईरहेको समेत जानकारी गराए ।
उक्त शाखा सञ्चालसँगै मुक्तिनाथ विकास बैंकको कुल शाखा संख्या ७५ पुगेको छ । जसमध्ये, नौ वटा शाखा काठमाडौँ उपत्यकाभित्र रहेका छन् भने बाँकी ६६ वटा शाखा उपत्यकाबाहिर रहेका छन् । बैंकले रेमिट्यान्स सेवा, सि–आस्बा तथा वित्तीय सेवा प्रावह गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्