×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्धनले आयोजनामा वित्तीय साक्षरता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

निर्धनले आयोजनामा वित्तीय साक्षरता

१५ चैत्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – निर्धन उत्थान बैंक लिमिटेडले बैंकका आफना ग्राहक सदस्यहरुलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । निर्धनले मंगलबार दुर्गम जिल्ला मुगुको गमगढीमा “ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम” संचालन गरेको हो । उक्त तालिममा गमगढी शाखाका ५७ जना ग्राहक सदस्यहरु सहभागी भएका थिए । बैंकले आफनो ग्राहक सदस्यहरुको सहभागितामा वित्तीय साक्षरता तालिम संचालन गरेको बैंकका गमगढी शाखाका प्रमुख शेखरचन्द्र पौडेलले जानकारी दिए । यस तालिममा शाखा प्रमुख पौडेल र लेखापाल नारायण चौलागाई प्रशिक्षण दिएका थिए ।
यस तालिममा निर्धन उत्थान बैंकका ग्राहक सदस्यहरुले वित्तीय साक्षरता तालिम एक परिचय, वित्तीय साक्षरताको महत्व, उद्देश्य, वित्तीय लक्ष्य निर्धारण, बचत परिचालन, कर्जा ब्यवस्थापन तथा कर्जा सदुपयोगिता, वित्तीय अनुशासन, सेवा सुविधाको छनौट प्रक्रिया तथा आम्दानी खर्च, जोखिम ब्यवस्थापन, बिमा, विप्रेषण सेवा, ब्यवसायिक योजना, ब्यवसायिक योजना बनाउँदा ध्यान दिनु पर्ने कुराहरु, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिटको बारेमा, बैंकले प्रदान गरी रहेका सेवाहरु बारेमा जानकारी हासिल गरेको बारेमा शाखा प्रमुख पौडेलले बताएका थिए ।
शाखा प्रमुख पौडेलले एक परिवारमा एक जना उद्यमी बनाउन बैंकले पहल गरी रहेको बताएको थिए । बैंकले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस बैंकबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको शाखा प्रमुख पौडेलले बताए ।
बैंकले देशभरीका ७७ वटै जिल्लाहरुमा १७९ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयहरुको स्थापना गरी बैंकले लघुवित्त सेवा पु¥याई रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी