×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुजुकी सेलेरियो टेष्ट राइड अभियानको ३ महीना पूरा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुजुकी सेलेरियो टेष्ट राइड अभियानको ३ महीना पूरा

१४ चैत्र २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं  – सुजुकी सेलेरियोकोे टेष्ट राइड अभियानको तेस्रो महीना पूरा भएको छ । नेपालका लागि सुजुकीका चार पाङ्ग्रे सवारीसाधनको आधिकारिक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ विभाग सीजी मोटोकर्पले राष्ट्रव्यापी रूपमा उक्त अभियान सञ्चालन गर्दै आएको छ । कावासोती, हेटौंडा, वीरगञ्ज, जनकपुर, बिर्तामोड, बुटवल, भैरहवा, जितपुर र दाङमा टेष्ट राइड कार्यक्रम सम्पन्न भएको छ । तेस्रो महीनामा ५ सय १७ टेष्ट राइड सञ्चालन भएका छन् । प्रयोगकर्तालाई खरीदअघि नयाँ अनुभव दिलाउने उद्देश्यअनुरूप यो अभियान सञ्चालन गरिएको कम्पनीको भनाइ छ ।
कम्पनीका सेल्स तथा मार्केटिङ डीजीएम सिराज पन्तले भने, ‘हामी हालसम्म प्राप्त भएका प्रतिक्रियाले विश्वस्त छौं र यसरी नै अभियानको दोस्रो चरणमा जारी राख्ने आशा गर्दछौं ।’ सेलेरियो ‘दि पर्फेक्ट फेमिली कार’को गत पुसमा टेष्ट राइड अभियान प्रारम्भ भएको थियो । यस अभियानमार्फत ग्राहकले प्रत्येक टेष्ट राइडमा उपहार प्राप्त गर्नुका साथै एक भाग्यशाली ग्राहकले १ लाख रुपैयाँको क्यासब्याक प्राप्त गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी