×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केपी ओलीसँग लुकाछिपी गर्ने यी को हुन् ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

केपी ओलीसँग लुकाछिपी गर्ने यी को हुन् ?

६ चैत्र २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – विवादास्पद छवि भएका मुख्य सचिव लोकदर्शन रेग्मी यतिखेर आफ्नो कुर्सी जोगाउन शक्ति केन्द्र धाउन थालेका छन् ।
आईजी प्रकरणमा कानुनको धज्जी उठाउँदै तत्कालिन प्रधानमन्त्री शेरबाहादुर देउवालाई खुशी बनाएकै भरमा मुख्य सचिव बन्न सफल भएका रेग्मीलाई बाम गठबन्धनको सरकार बने सँगै कुर्सी हल्लीएको छ ।
स्रोतका अनुसार एमाले नेता बिष्णु पौडेल, बामदेम गौतम, माओवादी केन्द्रका नेता बर्षामान पुनको शरणमा यतिखेर मुख्य सचिव रेग्मी पुगेका छन् ।
विवादास्पद ठेकदार दिपक भट्ट मार्फत मुख्य सचिव रेग्मीले बामदेवसँग प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिलाई दिन अनुयबिनय गरेका थिए । प्रधानमन्त्री ओलीले सचिवालयका सचिव प्रेमकुमार राई र दिनेश थपलियालाई सम्पूर्ण अधिकार दिएपछि मुख्य सचिव रेग्मीको होस हवास उडेको हो ।
अहिले सबै काम प्रधानमन्त्री कार्यालयका सचिव राई र थपलियामार्फत हुँदै आएको छ । सरकारका सबै काम कारवाहीहरू नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा र आरजुलाई पुराएपछि ओलीले मुख्य सचिव रेग्मीको गोप्य रूपमा अधिकार खोसेका हुन् ।
दुई साता देखि अधिकार बिहिन बनेका रेग्मी अहिले राजदुत बनेर जाने इच्छा व्यक्त गर्न थालेको स्रोत बताउँछ । राजदुत बनाएर पठाएर आफू जाने ईन्छा भएको उनले प्रधानमन्त्री ओलीलाई खबर पठाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी