×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माइक्रोम्याक्सले ल्यायो एक्स ४०९ बारफोन र क्यु ३५३ बजेट स्मार्टफोन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माइक्रोम्याक्सले ल्यायो एक्स ४०९ बारफोन र क्यु ३५३ बजेट स्मार्टफोन

४ चैत्र २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – स्मार्टफोन जगतमा माइक्रोम्याक्स विश्व प्रसिद्ध भारतीय ब्राण्ड हो । विश्व बजारमा विस्तारै र निरन्तर रुपमा माइक्रोम्याक्सले आफूलाई उत्कृष्ट ब्राण्डको रुपमा स्थापित गर्दै आएको छ । माइक्रोम्याक्सका फोनहरु बजेट अनुकुल फोनको लागि प्रसिद्ध रहेको छ । यो एउटा यस्तो ब्राण्ड हो जसमा तपाई पूर्णरुपमा निर्धक्क हुन सक्नु हुनेछ । माइक्रोम्याक्सले सधैं उत्कृष्टताका साथ आफ्नो ग्राहकहरुलाई खुसी राखेको छ । माइक्रोम्याक्सले आफ्ना ग्राहकहरुलाई कहिल्यै निरास पारेको छैन । कम्पनीले अहिले एक्स ४०९ बारफोन र क्यु ३५३ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ ।
माइक्रोम्याक्सको यो एक्स ४०९ मोडलमा १.८ इन्चको स्कृन जडान गरिएको छ भने, फ्रन्ट र रियर क्यामेरा जडान भएको छ । यो फोनमा २ वटा सिमकार्डको प्रयोग गर्न सकिन्छ । उक्त फोनमा ८०० एमएचको ब्याट्री प्रयोग गरिएको छ । यसको अलावा एफएम रेडियो, भ्वाइसकल रेकडिङ, म्युजिक प्लेयर र भिडियो प्लेयर जडान भएको छ । यस फोनको बजार मूल्य १०२५ रुपैयाँ रहेको छ । कम्पनीले यो फोनमा १०० दिनसम्म फिर्तागर्न सक्ने ‘रिप्लेसमेन्ट वारेन्टि’ जारी गरेको छ ।
कम्पनीले बजारमा ल्याएको बजेट स्मार्ट फोनमा क्यु ३५३ हो, यस फोनमा ज्ञ।घ न्ज्श त्तगबम(ऋयचभ र ज्ञ न्द्य च्ब्ः ९¥याम) रहेको छ । ५ इन्चको एचडी डिस्प्ले जडान भएको यस फोनमा ७२०ह१२८० पिक्सल रिजोलुसन रहेको छ । यस फोनमा २००० एमएचको ब्याट्री प्रयोग भएको छ । जसको प्रयोगले भिडियो हेर्न र गेम खेल्न सहज हुन्छ । यसमा रियर र फ्रन्ट दुबै क्यामेरा ५ मेगा पिक्सलको जडान भएको छ । यसमा ७.० नुगट अपरेटिङ सिस्तमको जडान गरिएको छ ।
यसमा प्रसस्त स्टोरेज क्षमता रहेको छ । १ जिबी ¥याम र ८ जिबी रोम रहेको यस फोनमा ३२ जिबीसम्मको मेमोरीकार्ड प्रयोग गर्न सकिन्छ । थ्रिजी नेटवर्क सपोर्ट गर्ने फोनमा २ वटा सिमकार्डको प्रयोग गर्न सकिन्छ ।
माइक्रोम्याक्सको यो उत्कृष्ट प्रिमियम स्मार्टफोनहरु मध्येको एक, बहुप्रतिक्षित स्मार्टफोन क्यु३ एन्ड्रोयड बजेट स्मार्टफोनको प्रिमियम मूल्य दर रु. ६,८२०÷– मात्र तिरेर आफ्नो बनाउन सकिन्छ । यो बजेट स्मार्टफोन बजारमा आएका अन्य बजेट स्मार्टफोनहरु भन्दा उत्कृष्ट फोनमा पर्छ । जसले कुनैपनि समयमा कार्य दक्षतामा कमी आउन दिँदैन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी