×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एपोलो हस्पिटलमा सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट

PRIME CA

एपोलो हस्पिटलमा सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट

१६ फाल्गुन २०७४, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

सांग्रिला डेभलपमेन्ट बैंक र एपोलो हस्पीटल ईन्डीया बिच सेवा आदानप्रदान बिषयमा सम्झौता भएको छ । मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकका तर्फबाट उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेल र एपोलो हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक अशोक बाजपाईले हस्ताक्षर गरे ।
एपोलो हस्पिटलमा सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक, सेयरधनी कर्मचारी र तिनका परिवारले सेवा लिँदा उक्त सेवाहरुमा १० प्रतिशतसम्म छुट प्रदान गरिने द्धिपक्षिय सहमति भएको हो । सम्झौता अनुरुप विकास बैंकका ३ लाख भन्दा बढी ग्राहकहरु, १५ हजार भन्दा बढी शेयरधनीहरु, ४ सय भन्दा बढी कर्मचारीहरु र तिनका परिवारहरुले सर्वसुलभ तरीकाबाट गुणस्तरीय स्वास्थ्य सेवा लिन सक्नेछन् । उक्त सेवा लिनको लागि ग्राहकहरुले विकास बैंकले प्रदान गर्ने भिसा डेबिट कार्ड लिएको हुनु पर्नेछ ।
एपोलो हस्पिटलका प्रबन्ध निर्देशक अशोक बाजपाईका अनुसार हस्पिटलको काठमाडौं स्थित सुचना केन्द्रबाट सेवाग्राहीले हस्पिटलसँग सिधै समन्वय गर्न सक्ने र उपचारको लागि जानु पर्दाको अवस्थामा ग्राहकले अग्रिम सयम लिएको खण्डमा ग्राहकलाई बिमानस्थलबाट हस्पीटल वा होटलसम्मको यातायातको सुविधा हस्पिटलले नै प्रदान र होटलको पनि सुविधा प्रदान गर्ने सहमति भएको छ । नेपालका धेरै उच्च पदस्थ ब्यक्तिहरुले एपोलो हस्पिटलबाट सेवा लिईसकेको प्रबन्ध निर्देशक अशोक बाजपाईले बताए ।
कार्यक्रममा बोल्दै सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष प्रा.डा. रविन्द्र प्रसाद श्रेष्ठले यो सम्झौता विकास बैंकको सक्रियतामा भएको र यसले विकास बैंकका ग्राहकलाई मात्र नभई सम्पूर्ण नेपालीहरुलाई भारतमा स्वास्थ्य सेवा लिनको लागि सहज हुने बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: