×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा

११ फाल्गुन २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ग्लोबल आइएमई बैंकले बिहिबार(फागुन १०)देखि तनहूँ जिल्लाको भानु नगरपालिका वडा नं. १०, कालीमाटीमा आफ्नो ७१ औँ र लम्जुङ्ग जिल्लाको मध्यनेपाल नगरपालिका वडा नंं. ३, सोतीपसलमा ७२ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । 
तनहूँ जिल्लाको कालीमाटीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन भानु नरपालिकाका मेयर उदय राज गौलीले गर्नुभयो र स्थानिय उपेन्द्र बाबु तिवारीलाई त्यस शाखारहित बैंकिङ्ग सेवाको व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । 
त्यसका साथै लम्जुङ्ग जिल्लाको सोतीपसलमा खोलिएको सेवाको उद्घाटन मध्यनेपाल नगरपालिकाका मेयर रमेश कुमार पाण्डेले गर्नुभयो र स्थानिय उपेन्द्र बाबु तिवारीलाई त्यस शाखारहित बैंकिङ्ग सेवाको व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । 
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । 
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ११५ वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७२ वटा शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी