×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एन आई सी एशिया क्यापिटल र स्वदेशी लघुवित्तबिच हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्ने सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एन आई सी एशिया क्यापिटल र स्वदेशी लघुवित्तबिच हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्ने सम्झौता

Artha Sarokar

१० फाल्गुन २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ः१ को अनुपातमा साविकका शेयरधनीहरुलाई जारी गर्न लागेको ११,५०,००० कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । मिति २०७४र११र १० गते विहीवारका दिन एन आई सी एसिया क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री झनक राज ढुङ्गेल र  स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री पुण्य प्रसाद खनियाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । 
निष्काशन तथा विक्रीप्रबन्धक सँगैै एन आई सी एशिया क्यापिटल पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), सामुहिक लगानी कोष, निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । एन आई सी एशिया क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन निः शूल्क गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी