×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेथरीस्थित महालक्ष्मी विकास बैंकको एक्सटेन्सन काउन्टरको स्तरोन्नति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बेथरीस्थित महालक्ष्मी विकास बैंकको एक्सटेन्सन काउन्टरको स्तरोन्नति

Artha Sarokar

९ फाल्गुन २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो बेथरी एक्सटेन्सन काउन्टरलाई शाखामा स्तरोन्नति गरेको छ । सुदुरपश्चिमका दुर्गम जिल्लाहरुमा समेत बैंकिङ पहुँच विस्तार गरेको महालक्ष्मीले रुपन्देही जिल्लाको मायादेवि गाउँपालिका वडा नं. ६, बेथरीमा रहेको एक्सटेन्सन काउन्टरलाई शाखामा स्तरोन्नति गरी बुधबार (फागुन ९ गते)देखि कारोबार सुरु गरेको हो । 
विकास बैंकहरुमा सबैभन्दा बढी चुक्तापुँजी भएको महालक्ष्मी विकास बैंकले पुस मसान्तसम्ममा २५ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । 
स्थानीय स्तरमा उत्कृष्ट सेवा कायम गर्दै सम्पूर्ण ग्राहकलाई थप सहजता पुर्याउने प्रतिवद्धता बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी