
महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो बेथरी एक्सटेन्सन काउन्टरलाई शाखामा स्तरोन्नति गरेको छ । सुदुरपश्चिमका दुर्गम जिल्लाहरुमा समेत बैंकिङ पहुँच विस्तार गरेको महालक्ष्मीले रुपन्देही जिल्लाको मायादेवि गाउँपालिका वडा नं. ६, बेथरीमा रहेको एक्सटेन्सन काउन्टरलाई शाखामा स्तरोन्नति गरी बुधबार (फागुन ९ गते)देखि कारोबार सुरु गरेको हो ।
विकास बैंकहरुमा सबैभन्दा बढी चुक्तापुँजी भएको महालक्ष्मी विकास बैंकले पुस मसान्तसम्ममा २५ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
स्थानीय स्तरमा उत्कृष्ट सेवा कायम गर्दै सम्पूर्ण ग्राहकलाई थप सहजता पुर्याउने प्रतिवद्धता बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्