×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी कमर्सियल बैंकद्वारा सहयोग

PRIME CA

सेञ्चुरी कमर्सियल बैंकद्वारा सहयोग

३ फाल्गुन २०७४, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

सेञ्चुरी कमर्सियल बैंकले नेपाल प्राकृतिक तथा मानव श्रोत विकास संघ (नहुदा) द्धारा संचालन ‘सुरक्षित, स्वस्थकर तथा पुन प्रयोग हुने घरेलु सेनेटरी प्याडको तयारी र उपयोग’ सम्बन्धी दुई दिने तालिममा रु. ५०,०००/-को आर्थिक सहयोग गरेको छ । 
बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित सो तालिम महालक्ष्मी नगरपालिका, सिद्दिपुर, शान्ति मुल टोलमा २०७४ माघ २९ गते देखि २०७४ फागुन १ गते सम्म भएको थियो । सो तालिममा उपस्थित महिलाहरुले महिला स्वास्थबारे थुप्रै जानकारीहरु हासिल गरे । बैंकका अध्यक्ष श्री राजेश कुमार श्रेष्ठ तथा नहुदाका संस्थापक अध्यक्ष डा. दिनेश राज शर्मा बीच चेक हस्तान्तरण कार्यक्रम भयो साथमा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराइको उपस्थितीे थियो ।
२०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ९४ वटा शाखा, ३८ वटा ए.टी.एम्, १४ वटा शाखारहित बैंकिङ्ग र ६ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 
अन्य जानकारीका लागी बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: