×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेको इन्सुरेन्सको हकप्रद सेयर आजदेखि बिक्री खुला, कहाँ जाने फारम भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेको इन्सुरेन्सको हकप्रद सेयर आजदेखि बिक्री खुला, कहाँ जाने फारम भर्न ?

२६ माघ २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं -नेको इन्सुरेन्सको ५०% हकप्रद सेयर बिक्री खुल्ला भएको छ ।  माघ २६ गतेदेखि लागु हुने गरी उक्त इन्सुरेन्सको ५०% हकप्रद सेयर बिक्री खुला भएको हो । कम्पनीले २ः१ अनुपातमा ३९ लाख २० हजार ९२८.११ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

प्राप्त जानकारी अनुसार नेकोको हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका अधिकांश शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । 

 १०० रुपैयाँ अंकित मूल्यको यो हकप्रदमा माघ ८ गतेसम्म कायम सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् ।  इन्सुरेन्सको गत असोज १० गते सम्पन्न भएको साधारण सभाले १०% बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी