Skip to content
LAXMI SUNRISE BANK

RTI Check: घुस लिएर सुचना लुकाएको भन्दै आइक्यानका कार्यकारी निर्देशकविरुद्ध सुचना आयोगमा मुद्धा !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपालको संविधानले सुचनाको हक सुनिस्चित गरेपनि सुचनाको पात्रसँग आर्थिक लाभ लिएर सुचना लुकाएको भन्दै नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का कार्यकारी निर्देशक सन्जय सिन्हाविरुद्ध मुद्धा परेको छ । घुस खाएर सुचना लुकाएको भन्दै सुचना प्राप्तिका लागि पहल गरिदिन र उनलाई जनताको सु-सुचित हुन पाउने अधिकारमाथि धावा बोलेकोमा कारवाही गर्नका लागि राष्ट्रिय सुचना आयोगमा मंगलबार मुद्धा परेको हो ।

उनी विरुद्ध दर्ता नम्बर १५४३ अन्तर्गत सुचना आयोगमा मुद्धा परेको हो । मिति २०७४ साल भाद्र २५ गते नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) मा संस्थाका एक सदस्यलाई गरिएको कारवाहीका विषयमा सुचना माग गर्दै अर्थ सरोकार डटकमका प्रधान सम्पादक सुरज प्याकुरेलले समाचारको प्रयोजनका लागि भनी स्पष्ट खुलाई अनलाइन पत्रिकाको लेटरहेडमै स्पष्ट विवरण खुलाएर सुचना माग गरेका थिए ।
तर सुचनाको माग गरिएका पात्र गणेश राज पोखरेलसँग आर्थिक प्रलोभनमा परेर उनले सुचना नदिएको चर्चा आइक्यानमै हुन थालेपछि पत्रकार प्याकुरेलले आइक्यानका काउन्सिल सदस्यहरुलाई समेत सुचनाको लागि पहल गरिदिन आग्रह गरेका थिए । आइक्यानले पोखरेललाई कारवाही गरेको विषयमा सुचना माग गरिएको थियो । 
‘सामान्य नागरिकले समेत पाउने सुचना, पत्रकारलाई किन दिइएन ?’ भन्ने चर्चा आइक्यानमै चलिरहेका बेला प्याकुरेलले मौखिक रुपमा पनि पटक पटक उनलाई सुचना दिन माग गरेका थिए । ‘अति’ गरेर सिन्हाले दादागिरी शैली देखाएपछि उनी विरुद्ध सुचना आयोगमा मुद्धा दर्ता गराइएको हो ।
साथै उक्त मुद्धाको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइएको छ । आफ्नो सदस्यसँग घुस लिएर सुचना लुकाएको विषयमा छानविन गरी पाउँ भनी सिन्हाको बैंक एकाउन्टहरुमा ‘मनि मुभमेन्ट’ जांच गर्नका लागि अख्तियारलाई बोधार्थ पठाइएको हो । साथै उक्त मुद्धा दर्ताको औपचारिक जानकारी नेपाल चार्टड एकाउन्टेन्ट्स  संस्थाका अध्यक्ष प्रकाश जंग थापालाई समेत पठाइएको छ ।
यता राष्ट्रिय सुचना आयोगले भने सामान्य नागरिकलाइ समेत दिनुपर्ने सुचना पत्रकारलाइ समेत नदिएकोमा आचार्य जनाउँदै कुनै पनि हालतमा सुचना दिलाई छाड्ने बताएको छ । मुद्धा दर्ताको लागि आयोग पुगेका अर्थ सरोकार कर्मीसँग कुराकानी गर्दै आयोगका कर्मचारीले यस्तो बताएका हुन् ।    
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK